News Portal

जात कै कारण दलितहरु मर्नुपर्ने कहिलेसम्म ?

तुफान सिंह 'कालिकोटे'
१५६ पटक

काठमाडौं – जात कै कारण दलितहरु मर्नु पर्ने कहिलेसम्म ? आखिर हार्दिक श्रद्धाञ्जली भाइ तिमी प्रती । दोषिलाई हदैसम्मको कानुनी कार्बाही होस् । २१ औं सताब्दीसम्म आईपुग्दा पनि यो कथित ब्रह्माणबादी सोच कहिले सम्म रहिरहने हो ?

दलितहरुको छातिमा बन्दुक तेर्साएर, ‘तिमीहरु सानो जात हौ, तिमीहरुले छोएको पानी हामीलाई चल्दैन’ भन्ने मानसिक रोगी ब्राहमणबाद हरुको अन्त्य हुन अतिआवश्यक छ । त्यसैले दविएको या दबाईएको आवाजहरु आ–आफनो ठाउँबाट उठाऔं ।

एकात्मक शासन र संस्कार फेरिएपछि दलितहरु माथि लाग्न खोजिदैछ । यसको सम्पूर्ण दलितहरुले विरोध गरौ । हामीले हिन्दू धर्ममा रहने हो भने यो धर्मको गर्भ गर्न पाउनु पर्छ । नत्र हिन्दु धर्मको केही औचित्य छैन ।

केही मानसिक रोगीहरुले फेरीपनी दलितलार्इ पुरानै शासन र संस्कार तीर लैजान खोज्दैछन । यो सम्पूर्ण दलित समुदायलार्इ मान्य हुने छैन । मानव सबै बराबर हो, सबैको बराबर हक अधीकार हुनपर्छ । धर्म र सार्वजानिक स्थल कसैको व्यक्तिगत होइनन् ।

दश बर्षे जनयुद्धसँगै केही परिवर्तन भएकै हो । यतिबेला पनि हजारौं दलितहरुले आफ्नो हक अधिकारको लागि समाजमा रहेको जातिए छुवाछूत र भेतभावको विरुद्ध बर्ग विभेद समाज निर्माण गर्न उल्लेखनिय भुमिका खेल्नपर्यो ।

आज आएर पुन यो समाजमा बिस्तारै जातिय विभेद मौलाउदै गएको वेलामा फेरी एक पटक यसलाई जराबाट नै उखेलेर फाल्न कुनै कसुर राख्नु हुदैन । कानुनी राज्यको धज्जी उडाउनेलाई हदै सम्म्को कार्बाहीको माग गर्दछु ।

अहिले पनि यी साना साना घटनाहरुले ६५ लाख दलितहरुको आफ्नो स्वतन्त्र अधिकारलाई नै हनन्न गर्ने गरी कहिले चुलो छोएकै नाममा मर्नु पर्ने, त कहिले धारा पधेरा छाएकै निउँ । हुँदा हुँदा दलितले कसैलाई मन पराउदैमा उ बलीसम्म बन्नु पर्ने यो दुःखद घडीमा फरी देशले जातिय युद्ध निम्ताउदै छ । कथित क्षेत्री ब्राह्मणहरुको यो रबैयाले फेरी त्यही भन्दैछ ।

ती कथित ब्राह्मणको इशारामा दलितहरु चल्ने दिन गए । होसियार पाखण्डिहरु तिमीहरु अब चाडै आफूले गरेको विभेदको बारे एकपटक महसुस गर्ने कोसिस गर । त्यो दिन समयले नि तिमीहरुलाई धोका दिने छ । होसियार !

२०७७ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्