News Portal

थप २१ जनाले जिते कोरोना

मोटिभेटन्यूज संवाददाता
१०७ पटक

वीरगञ्ज – पर्सामा थप २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन । गण्डक अस्पतालमा उपचाररत २१ कोरोना संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई मंगलबार राती नै डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

योसँगै देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७६ पुगेको छ ।

२०७७ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्