News Portal

क्वारेन्टिनमा बसेका ५५ बर्षिय बृद्धको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१७० पटक

बर्दिया – बर्दियाको एक क्वारेन्टाइनमा बसे एक ५५ बर्षिय बृद्धाको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका ५५ वर्षीय जोधि गोडिया मृत्यु भएको छ ।

गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुरका गोडियाको बुधबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

२०७७ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्