News Portal

आज मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
११५ पटक

काठमाडौं – आजमात्रै ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

२०७७ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्