News Portal

रुकुम हत्याकाण्ड : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

मोटिभेटन्यूज संवाददाता
२५९ पटक

काठमाडौँ – रुकुम पश्चिममा भएको हत्याकाण्डले नयाँ मोड लिएको छ । प्रहरीका अनुसार भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको हो । रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हात बाँधेको र टाउको गम्भीर चोट लागेको अवस्थामा सुनारको शव फेला परेको छ ।

जेठ १० गते प्रेम सम्बन्धलाई लिएर सोतीबासीले गरेको आक्रमणपछि लोकेन्द्र बेपत्ता थिए । नवराज बिकसँगै गएका दुई जना अझै बेपत्ता छन् ।

यसअघि भेरी नगरपालिका–४ का नवराज विक, टिकाराम सुनार र गणेश बुढाको शव भेरी नदीमा फेला परेको थियो । बेपत्तामध्ये लोकेन्द्रको शव गोताखोरले बुधबार निकालेका हुन् ।

भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । सुष्मा मल्लले प्रेम सम्बन्धलाई विवाहमा बदल्न बोलाएपछि नवराज बिक १८ साथीसहित केटी ल्याउन सोती गाउँमा पुगेका थिए ।

गाउँमा पुग्न नपाउँदै केटी पक्षको आक्रमणमा परी केहीलाई मारेर नदीमा बगाएको भाग्न सफल युवाहरुले बताएका छन् । केटी पक्षका सबै भनाईहरु झुट भएको भन्दै केटी पक्षले गरेको दाबी लोकेन्द्रको शव भेटिएसँगै झुट भएको पुष्टि भएको छ ।

घटनाको अगुवाई गरेको सुष्माका बुबा वीरबहादुर मल्ल, वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् ।

घटनामा तोडमोड गर्न संसदमा बोलेको रुकुम पश्चिमका सांसदसमेत रहेको जनार्दन शर्माले समेत उनीहरुले आफै हामफालेको बताएका थिए । उनको यो भनाई झुट भएको पुष्टि गर्दै शर्माले घटनालाई राजनीतिकरण गर्न खोजेको स्पष्ट देखिएको छ । आफ्ना सहयोद्धा वडा अध्यक्षलाई बचाउन शर्माले विभिन्न खालका फण्डाहरु गरिरहेका छन ।

२०७७ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्