News Portal

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१४१ पटक

अर्घाखाँची – नेपालमा थप १ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतबाट अर्घाखाँची आउँदै गर्दा एक युवकको बाटोमै मृत्यु भएको थियो ।

नेपाल भारत सीमानामै मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।

प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

२०७७ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्