मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज १३, काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको भ्रष्टाचार,कुशासन ,मनगढन्ते र हावादारीपनलाई प्रतिपक्ष दलले टुलुटुलु हेर्न नसक्ने बताएका छन्।
कांग्रेसको विधान मस्यौदाका लागि छलफल तथा राय लिनका लागि बाग्लुङ पुगेका केसीले लोकतान्त्रिक मूल्य मान्यता अनुसार प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताए।
धौलागिरी बहमुखी क्याम्पसको स्ववियुले आयोजना गरेको वर्तमान सन्दर्भमा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रियामा बाेल्दै
केसीले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै वाद प्रतिवाद संवाद सँगसँगै सरकार र प्रतिपक्ष जस्ता यसका सबल पक्षलाई स्विकार्नु पनि हो।’
उनले पार्टीको विधानलाई थप लोकतान्त्रिक र संविधानको मर्म अंगिकार गरेको हुुनुपर्नेमा जोड दिए। विधानलाई समायानुकल बनाई सबैले अपनत्व गर्नसक्ने हुनुपर्ने बताए।
२०७५ असोज १३ गते प्रकाशित
