News Portal

अस्पतालको चरम लापरवाही : सामान्य विरामीको सुई लगाउनासाथ मृत्यु

मोटिभेटन्यूज संवाददाता
१०१ पटक

पोखरा – फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष प्रदिप मुल्मिकी श्रीमती मीरा मुल्मीका निधन भएको छ ।

पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचारका लागि गएकी उनलाई दुखाई कम गर्ने सुई लगाउनासाथ मृत्यु भएको हाफन्तले बताएका छन ।

मुल्मिका आफन्त केशव खत्रीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थिए । पोखरा ४ सिद्धार्थ चोक बस्ने ३६ वर्षकी मीरा शुक्रबार बिहानमात्रै पतिसँग मर्निङ वाक गई खाना पकाएर परिवारसमेतलाई खुवाएकी थिइन् । अस्पताल स्रोतले हृदयघातका कारण मृत्यु भएको दाबी गरे पनि परिवारजन मान्न तयार छैनन् ।

विवाद समस्या समाधानका लागि अस्पतालमा वार्ता चलेको छ । मुल्मी दम्पतीका एक छोरा र एक छोरी छन् ।

२०७७ जेठ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्