News Portal

ओली–प्रचण्डको सम्बन्धमा फेरी दरार

मोटिभेटन्यूज संवाददाता
११० पटक

काठमाडौं – सत्तारुढ नेकपामा भित्र फेरी तनाव सुरु भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डकाबीचमा एमसीसीका कारण सम्बन्धमा दरार उत्पन्न भएको छ ।

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा दुई अध्यक्षबीच तनाव उत्पन्न भएको हो । प्रचण्ड एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षको अडानमा छन भने ओली जसरी पनि जस्ताको तस्तै पास गरेरै छोड्ने लाइनमा छन ।

नेकपामा एमसीसी संशोधनसहित पास गर्नुपर्छ र जस्ताको त्यस्तै पास गर्नुपर्छ भन्ने धार देखिएपछी पार्टीको तल्लो तहसम्म मत विभाजन भएको छ । तनावलाई कम गर्न आज नेकपा सचिवालय बैठक  बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा केही वेरमा बस्ने बैठकले एमसीसीको विषयमा टुङ्गो लगाउने छ । ।

२०७७ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्