News Portal

एकै जिल्लामा ७७ जना कोरोना संक्रमित भेटिए

मोटिभेटन्यूज संवाददाता
१३६ पटक

कपिलवस्तु — शनिबारमात्रै कपिलवस्तुमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् ।

यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

शुक्रबारमात्रै यहाँ ५२ जना संक्रमित थपिएका थिए ।

२०७७ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्