News Portal

भारतले उडाएको जासूसी बीमान पाकिस्तानले खसाल्यो

मोटिभेटन्यूज संवाददाता
११५ पटक

काठमाडौँ – कश्मीरको आकाशमा उडेको ड्रोनलाई भारतले जासूसीका लागि प्रयोग गरेको भन्दै पाकिस्तानले खसालिदिएको छ ।

सानो आकारको उक्त ड्रोन बुधबार विवादित हिमाली क्षेत्रको आकाशमा उडेको थियो । पाकिस्तानी सेनाले विज्ञप्ति निकाल्दै राखचिक्री सीमा क्षेत्रमा ड्रोन खसालेको जनाएको छ । त्यस क्षेत्र कश्मीरको प्रवेशद्वार मानिन्छ ।

भारतीय पक्षबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन । भारत र पाकिस्तान दुबै देशले कश्मीरको यस भूभागलाई आफ्नो दावी गर्दैआएका छन् । गत वर्षको अगष्टदेखि भारत र पाकिस्तानबीच यस क्षेत्रमा थप तनाब बढेको छ ।

२०७७ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्