News Portal

लकडाउन नखुलेपनि २१ गतेदेखि स्कुल खुल्ने

मोटिभेटन्यूज संवाददाता
१७८ पटक

काठमाडौं – नीजी तथा अवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले सरकारले लकडाउन नखोलेपनि विद्यालय खोल्नुपर्ने जनाएको छ । लामो समय विद्यार्थीहरु घरमा बस्ता उनीहरुको बृद्धि विकासमा असर परेको भन्दै प्यावसनले सरकारसँग्ग सामाजिक दुरी कायम गर्दै विद्यालय संचालनको अनुमति मागेको छ ।

नीजी विद्यालयमा आर्थिक संकट पर्न थालेको र अभिभावक स्वयंले विद्यालय सूचारु गर्न दवाव दिएकाले लामो समय विद्यालय बन्द गर्न नहुने पक्षमा नीजी स्कुल संचालक रहेको प्यावसनका अध्यक्ष टिकाराम पुरीले बताए ।

मोटिभेट न्यूजसँग कुरा गर्दै अध्यक्ष पुरीले भने, ‘२० गते लकडाउन सकिदैछ, २१ गतेदेखि स्कुलका पूर्वाधारहरु तयार पारेर विद्यालयहरु संचालन गर्न सकिन्छ ।’ उनले भने, ‘हामीले पठन पाठन शुरु गर्ने भनेको होइन, विद्यालय प्रशासन खोलेर योजना बनाउने छौँ । सामाजिक दुरी कायम गर्दै कक्षा संचालनका लागि पूर्वाधार बनाउँछौं, परीक्षाफल सार्वजनिक नगरेका विद्यालयले परीक्षाफल प्रकाशित गर्ने र परीक्षाफल प्रकाशित गरिसकेका विद्यालयले भर्ना प्रकुया अघि बढाउनेगरी विद्यालय खोल्ने तयारी गरेको हो ।’

अध्यक्ष पुरीले भने, ‘सरकारले नखोल्नु भनेपनि हामीहरु जुनसुकै हालतमा खोल्ने तयारीमा छौँ । अनलाइन कक्षा संचालनका लागि पनि स्कुल त खुल्न पर्यो, शिक्षकलाई त्यहि अनुसारको तालिम दिन पर्यो । स्कुलमा स्यानिटाइटर, पानीको व्यवस्था गर्न पर्यो ।’

सरकारले भनेजस्तो स्कुल चलाउन सजिलो नभएको भन्दै पुरिले जसरी भएपनि स्कुल खोलेर शैक्षिक गतिविधि गर्नका लागि आफूहरुले सरकारलाई अनुरोध गरेको बताए ।

नीजी स्कुल संचालन हुने भएपनि सरकारी स्कुल तत्कालका लागि खुल्ने सम्भव न्युन छ । देशभरका प्राय सरकारी स्कुलहरुलाई क्वारेन्टाइन बनाइएको छ । सरकारी स्कुलमा अध्ययनरत विद्याथीहरुलाई अनलाइनबाट बढाउन पनि समस्या छ । सरकारले स्कुल संचालनको अनुमति दिएर विभेद गर्न लागेको भन्दै विद्यार्थी नेताहरुले विरोध गरेका छन ।

२०७७ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्