News Portal

कालिकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१०८ पटक

कालिकोट – कालिकोटमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालिघाट बजार नजिकै खाद्यान्न बोकेको जीप दुर्घटना हुँदा चालक डब्बल शाहीको मृत्यु भएको हो ।

लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जाँदै गरेको जीप दुर्घटनामा परेको स्थानियले बताएका छन । रारा मानसरोवर यातायात प्रालीद्वारा संचालित जीप खाद्यान्न लिएर लालिघाट बजारबाट नरहरिनाथ गाउँपालिका जाँदै गर्दा कर्णाली करिडोर निर्माणमा खटिएको नेपाली सेनाको क्याम्प नजिकै दुर्घटना हुँदा करिब ३ सय मिटर तल खसेको छ ।

शाही सो जीपका मालिक हुन्। उनी जिल्लाको रास्कोट नगरपालिका १ निवासी हुन्। भर्खरै डोजरमार्फत निमार्ण गरिएको उक्त सडकको स्थानीय प्रशासनले रुड प्रमिड पनि दिएको छैन ।

२०७७ जेठ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्