News Portal

फेरी थपिए कोरोना संक्रमित, संक्रमित संख्या २१ सय नाघ्यो

मोटिभेटन्यूज संवाददाता
११९ पटक

विराटनगर – मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमित थपिएका छन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मंगलबार कोरोना परीक्षणको नतिजा आएको हो ।
डिस्चार्ज भएका छन् ।

पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।

२०७७ जेठ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्