News Portal

६१ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ? (सूची सहित)

मोटिभेटन्यूज संवाददाता
१२६ पटक

काठमाडौं – प्युठान र पर्वत जिल्लामा पनि कोरोना संक्रमित भेटिएपछि ६१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार मंगलबार थप २ जिल्लामा ६ जना संक्रमित भेटिएपछि संक्रमित जिल्लाको संख्या ६१ पुगेको हो ।

प्युठानमा १ जना र पर्वतमा पहिलो पटक नै ५ जनामा कोरोना संक्रमण भेटिएका छन । उनीहरु सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन । त्यहाँ संक्रमितको संख्या ३३३ पुगेको छ भने १४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन ।

कुन जिल्लामा कति संक्रमित हेर्नुहोस् विवरण

 

२०७७ जेठ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्