News Portal

लकडाउन उल्लङ्घन गर्ने व्यापारीको घोषणा

मोटिभेटन्यूज संवाददाता
१०८ पटक

काठमाडौं – व्यापारीहरुले भोलीदेखि लकडाउन उल्लङ्घन गर्ने निर्णय गरेका छन ।

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउन ७२ दिन पुगेपनि विकल्प दिन नसकेको भन्दै व्यवसायीहरुले आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णय गरेका हुन ।

लामो समयसम्मको लकडाउनले अर्थतन्त्र धरासाही भएको भन्दै अव लकडाउनको प्रवाह नगरी नियमित काममा लाग्ने निर्णय गरेको राष्ट्रिय व्यापार संघका अध्यक्ष अञ्जन शाक्यले बताए ।

सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा ध्यान दिदै उद्योग धन्दा संचालन गर्ने उनको भनाई छ ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

२०७७ जेठ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्