News Portal

निर्मला हत्याकाण्ड : हत्यामा संलग्न भनिएका एसपी विष्टसहित ३ जनाको डिएनए नमिलेको खुलासा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८५४ पटक
काठमाडौं

काठमाडौं–  बलात्कारपछि  हत्या गरिएकी कन्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ। तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरणले नयाँ मोड लिएको छ।

विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वबा’मा रहेको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको हो।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो।

यस  रिपोर्ट सम्बन्धमा आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ।

यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको स‌ंलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ।

गएको साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् ।

२०७५ असोज १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्