News Portal

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

मोटिभेटन्यूज संवाददाता
१०२ पटक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

२०७७ जेठ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्