मोटिभेटन्यूज संवाददाताकाठमाडौं

असोज १४, काठमाडाैं – शैक्षिक योग्यता अनुसार प्रमाणपत्र धितो राखेर सात लाखसम्म शैक्षिक ऋण पाउने भएका छन्। प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण दिन नेपाल राष्ट्र बैंकले आजदेखि नै सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाउन सक्नेछन ।
शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
शैक्षिक ऋण लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धित विषय, इञ्जिनियरिङसम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हेर्नुस् यी क्षेत्रमा लगानी गर्न सक्नुहुनेछ
२०७५ असोज १४ गते प्रकाशित
