News Portal

जनताको पैसा जुवामा उडाएको छैन : एलआईसी नेपाल

मोटिभेटन्यूज संवाददाता
१३६ पटक

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कम्पनीको पैसा कसैले पनि जुवामा नउडाएको बताएको छ । पब्लिक लिमिटेड कम्पनीमा १० हजार बढि शेयर सदस्य रहेको भन्दै एउटा शेयर सदस्यले जुवा खेलेकै भरमा कम्पनीको पैसा नउड्ने स्पष्ट पारेको छ ।

मोटिभेट न्यूज डटकमले कम्पनीका संचालक समिति सदस्य अशोक कुमार अग्रवाल जुवाको खालबाट रङ्गेहात पक्राउ परेपछि ‘जनताले खाइ नखाई बीमा गरेको पैसा जुवामा उडाउँदै एलआईसी नेपालका मालिक अग्रवाल’ शिर्षकको समाचार प्रति खण्डन गर्दैं एसआइसीले कम्पनीको पैसा कसैले पनि जुवामा नउडाएको जनाएको हो ।

मोटिभेट न्यूजलाई खण्डन पठाउँदै एलआईसी नेपालले भनेको छ, ‘नेपाली जनतालाई भ्रामक समाचार सम्प्रेशण गर्ने मोटिभेट न्यूज डटकमले तल्लो एवम् घृणित प्रकृतिको पत्रकारिता प्रति खेद प्रकट गर्न चाहान्छौँ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी दासद्वारा जारी खण्डन पत्रमा अगाडि लेखिएको छ, ‘एलआईसी नेपाल एक पब्लिक लिमिटेड कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको एक जना संचालकलाई मालिक भन्नु र कम्पनीको बीमितबाट संकलित रकम जुवामा उडाइदिएको भनी मनगढण्ते एवम् पूर्वाग्राही समाचार प्रकाशित गरी जानाजान बदनाम गर्न खोजेकोमा हामी त्यसको घोर भ्रसना गर्न चाहान्छौं ।’

उक्त समाचारले कम्पनीलाई ठूलो नक्सान भएको भन्दै कम्पनीले कानुनी कारवाही मार्फत क्षेतिपुर्ति भराउने समेत बताएको छ ।

यस विषयमा मोटिभेट न्यूज डटकमले आशोक कुमार अग्रवाल कम्पनीको मालिक नै भएको ठहर गरेको छ । कम्पनीका उनको २५ प्रतिशत एकलौटी शेयर रहेकाले उनको कहीँ न कहीँ कम्पनीसँग साइनो भएको आधारमा मोटिभेट न्यूज डटकमले समाचार सम्प्रेशण गरेको थियो ।

उनी शेयर सदस्यमा मात्र नभएर कम्पनीको नीति निर्माण तहमा बस्ने कम्पनीको संचालक समिति सदस्यसमेत भएको र आफ्नो पदिय मर्यादामा नबसेकाले सांकेतिक रुपमा उक्त कुरा उल्लेख गरिएको थियो ।

यो पनि पढ्नुहोस्

जनताले खाइ नखाई बीमा गरेको पैसा जुवामा उडाउँदै एलआईसी नेपालका मालिक अग्रवाल

ज्योति लाईफ इन्सुरेन्स कम्पनीका अध्यक्ष अग्रवाल रङ्गेहात पक्राउ

अर्थमन्त्रीको भित्री धन्दा छताछुल्ल, मन्त्रालयमा यसरी भयो अर्बौको ब्रमलुट

जुवाडे अशोक अग्रवाल फक्राउ परेपछि अर्थमन्त्री खतिवडाको पोल खुल्यो

यी हुन ‘विद्युतीय सवारीमा कर बढ्दैछ’ भन्दै सूचना दिन मन्त्रालयका कर्मचारी

 

२०७७ जेठ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्