News Portal

नेकपा नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मोटिभेटन्यूज संवाददाता
१०१ पटक

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा आयोग केन्द्रीय कायालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहबरमा थुनामुक्त गर्न भनिएको छ ।

गैरकानूनी रुपमा खत्रीलाई पटकपटक थुनामा राखिएको उल्लेख गर्दै आदेशमा खत्रीलाई थुनामुक्त गरेर सम्मानपूर्वक बाँच्न पाउने हकको उपभोग गर्ने सन्दर्भमा आयोगले नै अनुगमन गर्नु भनी आदेशमा उल्लेख भएको छ ।

२०७७ जेठ २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्