News Portal

एकाविहानै थपिए १६ जना कोरोना संक्रमित

मोटिभेटन्यूज संवाददाता
१०१ पटक

काठमाडौं – थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन । उनीहरु सबै गण्डकी प्रदेशका हुन ।

संक्रमित कास्कीका २, स्याङ्जाका १०, बाग्लुङका १, नवरपुरका ३ जना छन ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । यसअघि पोखरा महानगरपालिका ८ का एक जना ५९ बर्षका पुरुषमा हिजो मात्र संक्रमण देखिएको थियो ।

पोखरामा बिरामी परेर ३ दिन आगाडि हेलिकप्टरबाट काठमाडौ लगिएका ती पुरुषमा कोरोना पनि देखिएको निर्देशनालयले जनाएको छ । पोखरामा हिजो पहिलो संक्रमण देखिएपछि ती बिरामिको सम्पर्कमा आएका ब्यक्ति पहिचान प्रयास समेत भइरहेको निर्देशनालयले बताएको छ ।

त्यस्तै स्याङ्जामा कोरोनाका १० जना संक्रमित थपिएका छन् । वालिङ नगरपालिकाका आठ र हरिनास गाउँपालिकाका २ जनामा कोरोना देखिएको निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकाका १ जनामा पनि कोरोना देखिएको छ ।

त्यस्तै नवलपुरको बिनयी त्रीबेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । निर्देशक शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको छ ।

२०७७ जेठ २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्