News Portal

२ दिनकी सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१४२ पटक

जेठ – डडेल्धुरामा २ दिनकी एक सुत्केरी महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ । नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

जेठ २१ मा सुत्केरी हुन अस्पताल पुगेकी उनको २२ गते स्वाब परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो । जेठ २३ गते उनले शिशुलाई जन्म दिएकी थिइन् । शनिबार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शिशुसहित उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

२०७७ जेठ २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्