News Portal

परवानीपुरका किसानलाई मर्का, मल खादमा दोब्बर मुल्यबृद्धि

मोटिभेटन्यूज संवाददाता
८८ पटक

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकाकका किसानहरु चर्को मुल्यमा मल किन्न बाध्य भएका छन । वडा कार्यलयको सिफरिसमा सहकारी संस्थाले किसानलाई मल वितरण गर्दै आएको भएपनि अहिले वडा कार्यलय, सहकारीका कर्मचारी र ब्यापारीको मिलेमत्तोमा चर्को मुल्यमा मल विक्री भएको छ  ।

उनीहरुको मितमत्तोमा लालबन्दी नगरपालिका बडा नम्बर १५, १६ परवानीपुरका किसानहरु सरकारले तोकिएको भन्दा दोब्बर मुल्यमा मल खाद खरिद गर्न बाध्य भएका छन ।

वडा कार्यालयको सिफारिसमा सहकारी संस्थाले वितरण गर्ने प्रावधान विपरित आर्थिक लाभका लागि वडा अध्यक्ष, व्यापारी र सहकारीले खुलेयाम किसानहरुलाई लुटेको पिडित किसानले बताएका छन । यता बडाध्यक्षले किसानहरुको माग अनुसार मल खाद उपलब्ध गराउन नसकिएको स्वीकारेका छन ।

फौजी किराले बाली नष्ट पारिरहेको वेलामा धेरै चर्को मुल्यमा व्यापारीसङ्ग मल (खाद) खरिद गर्न बाध्य भएको परवानीपुरका किसानहरुले गुनासो गरेका छन । किसानहरुलाई सर्सशुलभ मुल्यमा कृषि सामाग्री उपलब्ध कहिले हुने ? ‘कृषि क्रान्ति’ को कुरा धेरै गरे पनि अहिलेसम्म किसानको मर्म बुझ्ने चेष्टा कसैले नगरेको किसानको आरोप छ ।

कृषि सामाग्री संस्थान प्रा.लिमा प्रती बोरामा ७०० लेखिएको मललाई परवानीपुराका व्यापारीले प्रति बोरा १४ सय देखि १६ सयसम्म बिक्रि गरिरहेका छन । यसमा स्थानिय सरकार मुखदर्शक बनेर बसेको छ ।

२०७७ जेठ २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्