News Portal

लकडाउन खुलेको संकेत, आजबाट सबै मालपोत कार्यलयहरु खुल्ला

मोटिभेटन्यूज संवाददाता
१३३ पटक

काठमाडौं – आजदखि देशभरका सबै मालपोत कार्यलयहरु खुलेका छन । लकडाउनका कारण बन्द भएका देशभरका कार्यलयहरु आजदेखि खुलेका हुन ।

सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने निर्देशन दिएपछि नियमित रुपमा कार्यलयहरु खुलेका हुन । भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएपछि आजबाट सबै कार्यलयहरु खुलेका हुन ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।

सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको थियो ।

२०७७ जेठ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्