
मकवानपुर – नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको एक मालपोत कार्यालयमा तोडफोड गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित मालपोत कार्यालयमा ब्यापक अनियमितता भएको भन्दै तोडफोड गरेका हुन् ।
आईतबार बिहान साढे ११ बजेतिर कार्यालय प्रवेश गरेका उनीहरुले कार्यालयका कुर्सी, कम्प्युटर, दराज लगायतका समानहरु तोडफोड गरेका छन् । तोडफोडपछि छोडिएको पत्रमा कार्यालयमा व्यापक चलखेल बढेको उल्लेख गरिएको छ ।
तोडफोडका लागि करिब ७ जनाको समुह कार्यालय प्रवेश गरेको कार्यालयले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ ।
त्यहाँ सर्वसाधारण जनताले सामान्य तरिकाले सेवा सुविधा लिन धेरै कठिन हुने गरेको छ । घुस नदिएसम्म घर जग्गा पास लगायत यससंग सम्बन्धीत काम गर्न गाह्रो हुनेगरेको स्थानियले बताएका छन् ।
२०७५ असोज १४ गते प्रकाशित
