News Portal

विदेशबाट आएकालाई राख्ने क्वारेन्टाइन होटेलहरुको सूची सार्वजनिक (सूचीसहित)

मोटिभेटन्यूज संवाददाता
१०९ पटक

काठमाडौं – सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई राख्ने होटलहरुको सूची सार्वजनिक गरेको छ । विदेशबाट आएकाहरुलाई देशका विभिन्न ठाउँका ४७ वटा होटेलहरुमा राखिने भएको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्मलाई क्वारेन्टाइन बनाइएको छ ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

२०७७ जेठ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्