News Portal

फेरी थपिए ११ जना कोरोना संक्रमित

मोटिभेटन्यूज संवाददाता
८९ पटक

काठमाडौँ – बारा र रौतहटमा थप ११ जना कोरोना संक्रमित भेटिएका छन । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बारा जिल्लाका ७ जना र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार बाराका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए ।

यसअघि बारामा ८ जना कोरोना संक्रमित भेटिएका थिए ।

२०७७ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्