News Portal

दलित भएकै कारण जागिरबाट निकालिए सिद्धार्थ, लगत्तै आत्माहत्या

मोटिभेटन्यूज संवाददाता
१२८ पटक

अछाम – अछामका एक दलित युवाले आत्माहत्या गरेका छन । बयलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ आउजीले जागिरबाट निकालिएपछि पेट्रोल छर्केर आलो लगाई आतमाहत्या गरेका हुन ।

आफ्नै शरिरमा आगो लगाएर घाइते भएका उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका आउजीको उपचारका क्रममा मृत्य भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।

दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए। आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएका थिए ।

२०७७ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्