News Portal

राजनीतिबाट सन्यास लिने ओली क्याविनेटका दुई मन्त्रीको घोषणा

मोटिभेटन्यूज संवाददाता
९३२ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदमा रहेका २ जना मन्त्रीले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन । मन्त्रालयगत बजेट विनियोजनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्रीहरुले यस्तो घोषणा गरेका हुन ।

भ्रष्टाचारको आरोप लागेपछि सांसदहरूको मुखमा थुन्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले भ्रष्टाचार प्रमाणीत गर्न चुनौती दिदै छन । दुबै जना मन्त्रीले सांसदहरूलाई पुष्टि गरेर देखाउन चुनौति दिदै प्रमाणीत भए राजनीतिबाट सन्यास लिने बताएका हुन ।

श्रममन्त्रालयका लागि आगामी आर्थिक वर्षका कार्यक्रम र बजेटमाथि संसदमा छलफल गर्ने क्रममा कांग्रेस सांसद अमरेशकुमार सिंहले मन्त्री यादवमाथि वैदेशिक रोजगार व्यवसायीलाई ठूलो रकम लिएर जोगाउन खोजेको आरोप लगाएका थिए । त्यस्तै, खेलकुदमन्त्री विश्वकर्माले एन्फाबाट १७ करोड रुपैयाँ लिएको आरोप समाजवादी पार्टीका सांसद प्रदीप यादवले लगाएका थिए ।

तीन पटक मन्त्री भएको उल्लेख गर्दै मन्त्री यादवले राजनीतिक जीवनमा कुनैपनि बेला भष्ट्राचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने घोषणा गरे ।

उनले भने, ‘विगतका दिनदेखि अहिलेसम्म उहाँले कहिले पनि भ्रष्टाचारका कुराहरू प्रमाणित गरिदिनुभयो भने म उहाँलाई आफ्नो जीवनको सम्पूर्ण दाउमा दिन चाहन्छु । म चुनौती दिन्छु माननीयलाई मलाई साविक गरेर देखाइदिनुस, म राजनीतिक सन्यास लिन तयार छु ।’

मन्त्री विश्वकर्माले पनि आफु माथीआरोप निराधार रहेको भन्दै प्रमाणित गर्न चुनौती दिएका छन् । सांसदले गैर जिम्मेवारी पूर्वक गलत आरोप लगाएको भन्दै उनले आरोप लगाउँने सांसद प्रदिप यादवको भनाई संसदको रेकर्डबाट हटाउँनसमेत माग गरेका छन ।

२०७७ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्