News Portal

कृषि मन्त्री भुसालले बोलेपछि सबैको निद हराम, प्रधानमन्त्रीलाई समेत लगाए गम्भिर आरोप

मोटिभेटन्यूज संवाददाता
३०२ पटक

काठमाडौं – संसदमा कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले बोलेपछि दलाल पूँजीवादी र बिचौलियाहरुको निद हराम भएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले दलाल र बिचौलियाहरुको अन्त्य गर्न लागेको बताएपछि उनीहरुको निद हराम भएको हो ।

उनले कृषकको बचत सुनिश्चित, अनुदानको समुचित वितरण, जनशक्तिको उपलब्धता, प्रभावकारी बीमा व्यवस्था र उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने विषयलाई प्राथमिकता दिइएको बताए।

किसानको उत्पादनको न्यूनतम मूल्य तोकी कम्तीमा २० प्रतिशत बचतको सुनिश्चितता हुने तथा बिक्री नभएको उत्पादन सरकारले खरीद गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। कृषिमा दिइएको अनुदान लक्षित वर्गमा नपुगेको जनाउँदै उनले अनुदान माटामै जानुपर्छ भनेर अनुदान कार्यक्रम परिमार्जन गरिएको बताए। उनले पछिल्लो छ महिनामा कृषि मन्त्रालयबाट कसैलाई अनुदान नदिइएको समेत जानकारी दिए ।

बिचौलिया अर्थतन्त्रलाई तोड्नका केही असहज भएको भन्दै आगामी आवका लागि तय गरिएको बजेटबाट आफू सन्तुष्ट हुन नसकेको बताए । कृषि व्यवस्था पुनःनिर्माणको चरणमा पुगेको उल्लेख गर्दै उनले मन्त्रालयमा बजेट थुपार्ने प्रवृत्तिको अन्त्य गर्दै सबै स्थानीय पालिकामा रकम विनियोजन गरिएको उनको भनाई छ ।

बिचौलिया अर्थतन्त्रलाई तोड्न सबैले ध्यान दिनुपर्ने बेला आएको भन्दै वितरणमुखी प्रणालीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएको बताए ।

मन्त्री भुषालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई बदनाम बनाएको भन्दै असन्तुष्टि पोले । उक्त कार्यक्रमलाई परिमार्जन गरेर प्रभावकारी बनाइएको जानकारी दिँदै उनले बाँझो जमिनको उपयोगलाई ध्यान दिइएको बताए।

उक्त कार्यक्रमलाई कार्यकर्ता पोस्न प्रयोग गरेको भन्दै गुटगत स्वास्र्थ अन्त्य गर्दै हरेक नेपालीले पोषणयुक्त र गुणस्तरीय खाना खाना पाउने अवस्था सिर्जना गर्न सरकार लागिपरेको उनको भनाइ थियो।

२०७७ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्