News Portal

एमसीसीकै कारण जाने भयो अर्थमन्त्री खतिवडाको मन्त्री पद

मोटिभेटन्यूज संवाददाता
४९५ पटक

काठमाडौं – विभिन्न अन्तराष्ट्रिय वित्तिय संस्थाको एजेन्टका रुपमा चिनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री पद धरापमा परेको छ । उनले बजेटमा जबरजस्ती अमेरिकी अहायता निगम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) घुसाए पछि उनको पद धरापमा परेको हो ।

उनलाई मन्त्रीीबाट हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र चर्को दबाब बढेको छ । सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै राजिनामा दिन दबाब बढेको हो ।

राजनीतिक पृष्ठभुमिका नभएका र अमेरिककाको एजेन्टका रुपमा बजेटमा अतिवडाको अनुहार देखिएको भन्दै चर्को टिप्पणी हुन थालेको छ । खतिवडाको नेकपा स्थायी समिति सदस्य भीम रावलले चर्को आलोचना गर्दै तत्काल राजिनामा दिन आग्रह गरेका छन । यदी राजिनामा नदिए प्रधानमन्त्री बर्खास्त गर्न पर्ने उनको माग छ ।

रावलले चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गरेर अर्बो चलखेल गरेको भन्दै बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ ।

२०७७ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्