News Portal

एक जनप्रतिनिधिसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि, नगरपालिका १० दिनसम्म बन्द

मोटिभेटन्यूज संवाददाता
१२७ पटक

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका ३० जना र एक जना जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा कोरोना पुष्टि भएपछि नगरपालिकाका नियमित कामकाज प्रभावित भएका छन । सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाव संकलन गरी परिक्षणको लागि पठाइने र पीसीआर रिपोर्ट नआउंदासम्म नगरपालिकामा १० दिनसम्म नियमित कामकाज रोकिने भएको हो ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ । पीसीआर रिपोर्ट नआउंदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले बताए ।

एक विज्ञप्ति निकालेर ज्ञवालीले सङ्क्रमित जनप्रतिनिधि होम क्वरेण्टीन र बाँकीलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको जानकरी दिए ।

२०७७ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्