News Portal

सांसद सरिता गिरीलाई देश निकाला गर्न चौतर्फी दवाव

मोटिभेटन्यूज संवाददाता
५७५ पटक

काठमाडौं – नेपाल विरोधी अभिब्यक्ति दिएको भन्दै सांसद सरिता गिरीलाई देश निकाला गर्न चौतर्फी दवाव बढेको छ । लगातार नेपाल विरोधी अभिव्यक्ति दिँदै आएको भन्दै जनता समाजवादी पार्टीकी सांसद गिरीलाई सांसद पदबाट बर्खास्त गरी देश निकाला गर्न दवाव बढेको हो ।

लिम्पीयाधुरासम्मको भुभाग नेपालको नभएको भन्दै पटक पटक बोल्दै आएकी गिरीले झन् चर्को स्वरमा बोल्न थालेपछि उनलाई सांसदबाट हटाउँन दवाव परको हो । समाजिक संजालमा हजारौँ नागरिकले गिरीलाई देश निकाला गर्न माग गरेका छन् ।

यता राप्रपाका अध्यक्ष कमल थापा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीलाई राष्टघातीको संज्ञा दिएका छन । उनिहरुले सांसद सरिता गिरिको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै सांसदबाट बर्खास्ती गर्न माग गरेका छन् ।

गिरीले प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिईन् । सो अभिव्यक्ति उनको आलोचना झन तिब्र भइरहेको छ ।

२०७७ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्