News Portal

थप १ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो

मोटिभेटन्यूज संवाददाता
७६ पटक

काठमाडौं – नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

उनीहरु सँगै कोरोना संक्रमितको ४ हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १६ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२÷१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०÷१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७÷७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी, सर्लाही र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

२०७७ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्