News Portal

के स्वास्थ्य संकटकाल पछि नेपालमा चिनियाँ सेना आउँदैछन ? संसदमा उठ्यो प्रश्न

मोटिभेटन्यूज संवाददाता
१०४ पटक

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाललमा चिनियाँ सेना आउन लागेको भन्दै चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले चीनबाट चिकित्सकसँगै चिनियाँ जनमुक्ति सेना ल्याउन लागिएको कुरा बारे प्रश्न गरेको छ ।

यदी चिनियाँ सेना नेपाल आए नेपाल रणभूमि हुने भन्दै त्यसबारे ख्याल गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई उनले ध्यानाकर्षण गराए । सांसद मुसलमानले भने, ‘अहिले सरकारका बारेमा एउटा कुरा उठेको छ, हेल्थ इमरजेन्सीमार्फत चीनबाट डाक्टरको टीम ल्याउने, त्योभित्र पीएलएसहित तल (तराई) पठाउने कोभिड नियन्त्रणका लागि । यदि स्थानीय तहले माग गर्दैन भने स्थानीय तहमा नपठाइयोस् ।’

मुलसमानले थपे, ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडेको छ, अब तराईका जिल्लामा पीएलएको सेना दौडियो भने हामी रणभूमिमा पर्ने छौं, मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ ।’ जवाफमा मन्त्री त्रिपाठीले चीनबाट सेना त के, स्वास्थ्यकर्मी पनि नल्याइने स्पष्ट पारे ।

‘हामीलाई हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकाले कहीँ कतैबाट चिकित्सक ल्याउँदैनौं ।’

मन्त्री त्रिपाठीले अगाडि भने, ‘त्यो स्पष्ट होस्, हाम्रै चिकित्साकर्मीहरु सक्षम छन्, अहिलेसम्म कोभिड–१९ बिरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन, आफै जोखिम मोलेर लडेका छन् । त्यसकारण कुनै पनि देशबाट चिकित्सक समेत ल्याउँदैनौं ।’

२०७७ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्