News Portal

रुकुम हत्याकाण्ड : किन बोल्दैनन् कर्णालीका मुख्यमन्त्री शाही ? खुल्यो रहस्य !

मोटिभेटन्यूज संवाददाता
२४३ पटक

काठमाडौं – मानव सभ्यताकै कलङ्कको रुपमा मानिएको रुकुम हत्याकाण्डमा विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चुपचाप लागेका छन । उनी चुप लागेका मात्र र्छैनन् घटनाका पिडितहरुलाई भेट्नसमेत आनाकानी गरिरहेका छन ।

जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको सोती गाउँका स्थानियहरुले कुटकुटी हत्या गरेको घटना राष्ट्रिय तथा अन्तराष्टि समुदायको चासोको विषय बनिरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही चुपचाप बस्नुलाई रहस्यमय रुपमा हेरिएको छ । उनले घटनालाई तोडमोड गर्दै राजनीतिक रङ दिन खोजको आरोपसमेत लागेको छ ।

घटनामा संग्लग्न सोती गाउँ रुकुम पश्चिमका बडाअध्यक्षको पनि संलग्नता रहेको पाइएपछि मुख्यमन्त्री चुप लागेका कर्णाली प्रदेशको कृयाशिल पत्रकारहरुको भनाई छ । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल पूर्वगृहमन्त्री जनार्दन शर्माको जजिकका मान्छे भएको र उनलाई निर्दोश सावित गर्नका लागि नेकपाको सिङ्गो पार्टी पङ्ती लागेकाले विषयले अनेत्र ध्यानकेन्द्रीत गर्नका लागि मुख्यमन्त्री लागि परेको पिडित परिवारको आरोप छ ।

१० बर्षे जनयुद्धमा जातिय उन्मुलनको नारा लगाउँदै देशभर मुक्ति आन्दोलन गरेका पूर्वमाओबादीका कमाण्डरहरुको संलग्नता रहेकोले पनि पिडितले न्याय पाउनेमा शंका उत्पन्न भएको हो ।

उता घटना घटेको १९ औँ दिन वितिसक्दा पनि मुख्यमन्त्री शाहीले पिडित परिवारसँग भेटघाटका लागि आनाकानी गरेका छन । माओबादीको लिगेसी बोकेका मुख्यमन्त्री शाही पिडित परिवारको घरसम्म पुगेर सान्त्वना दिनपर्ने ठाउँमा भेट्न आएका परिवारलाई नभेटी अपमानित तवरले पठाउनु नव सामान्तको रुपमा उनको उदय भएको संकेतका रुपमा बुझ्न सकिन्छ ।

पिडित परिवार आफ्ना भनाईहरु राख्नका लागि मंगलबार मुख्यमन्त्रीलाई भेट्न कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका थिए । उनको सचिवालयले मुख्यमन्त्री व्यस्त रहेको भन्दै अपमानित तवरले फर्काइदिएको थियो ।

लामो समयको अन्तजातीय प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न जाजरकोटबाट रुकम गएका नवराजसहितका १८ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा नवराजसहित टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक, गोविन्द शाहीको हत्या भएको थियो ।

२०७७ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्