
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यूवाहरुका लागि मोटिभेशनल स्पिच दिएका छन् । उनले आफ्नो स्पिचमा आफू मोटिभेशनल स्पिकर नभएको र काम गर्ने मान्छेलाई धेरै बोल्न नआउने भन्दै आफ्नो स्पिचको सुरुवात गरेका थिए ।
असोज १० गते मोटिभेट न्यूज डटकमले आयोजना गरेका इन्पायरिङ डे नामक मोटिभेशनल कार्यक्रममा उनले सफलताका लागि मोटिभेशन नभइ नहुने कुरा भएको बताए । सफलताका लागि ठुलो सपना देख्नुपर्ने भन्दै उनले त्यो सपनालाई गुम्न नदिन निरन्तर संघर्ष गरिरहनुपर्ने बताएका थिए ।
नेपालमा आक्रान्त रहेको लोडसेडिङ अन्त्य गरेर नेपालीहरुको मनमनमा बस्न सफल घिसिङले आफूले लोडसेडिङ अन्त्यको सपना देखेकै कारण आज लोडसेडिङ अन्त्य सम्भव भएको उनको भनाई थियो ।
त्यस्तै, सफलता प्राप्त गर्नका लागि अनुसासनको पनि ठुलो महत्व रहेको बताए । अनुसासन विना कसैले पनि सफलता प्राप्त गर्न नसक्ने भन्दै अनुसासनमा रहन सबैलाई आग्रह गरे । उनले आफू सानो हुँदा देखिनै नेपालमा लोडसेडिङ अन्त्यको सपना देखेको र त्यही सपनाका कारण आफू कक्षामा पनि कहिलै दोश्रो नभएको बताए ।
उनले भने, ‘मेरो सपना ठुलो थियो । म सरकारी जागिरे भएर नेपालको लोडसेडिङ अन्त्य गर्न चाहान्थें । सरकारी जागिर खान पढाईमा अब्बल हुनुपथ्र्यो । त्यही भएर म जुन स्कुलमा गएपनि प्रथमनै हुन्थें । ‘
काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रममा विभिन्न कलेजका करिव ८ सय यूवाहरुको सहभागिता रहेको थियो ।
२०७५ असोज १४ गते प्रकाशित
