News Portal

सरिता गिरीलाई ज्यान जोगाउन मुस्किल !

मोटिभेटन्यूज संवाददाता
१९८ पटक

काठमाडौं – जनता समाजबादी पार्टीकी सांसद सरिता गिरीलाई ज्यान जोगाउन मुस्किल भएको छ । उनलाई सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले पहरा दिन थालेको छ ।

बुधबार वेलुका अज्ञात समूहले उनको घरमा कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि प्रहरीले उनीमाथि सुरक्षा खतरा बढेको  निश्कर्ष निकालेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । त्यहि विषयलाई लिएर सत्तरुढ नेकपाको युवा दस्ता युवा संघ नेपालले गिरीको घरमा कालो झण्डा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि युवा संघले विज्ञप्ति निकालेर जनता समाजबादी पार्टीसँग कारवाहीको माग गरेको थियो ।

२०७७ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्