News Portal

कालिकोटमा भएको दुर्घटना प्रति नेकपाद्वारा दु:ख व्यक्त

मोटिभेटन्यूज संवाददाता
७२ पटक

कालिकोट – कालिकोटको लालिघाटबाट रास्कोट जादै गरेको टिप्पर दुर्घटनामा भएको मानवीय क्षेतीप्रति नेपाल कम्युनिस्ट पार्टी कालिकोटले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले एक प्रेस विज्ञप्ति जारी गरि उक्त दुर्घटनामा परी मृत्युवरण गरेको नागरिक प्रति श्रदाञ्जली व्यत्त गरेका छन । विज्ञप्तिमा भनेका छन, ‘दुर्घटनामा परि मृत्युवरण गर्नुहुने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृकतपरिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’

विज्ञप्तिमा उहाँहरूले बेपत्ताहरुको खोजिकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै पार्टी पङ्क्तिलाई पनि उद्धार कार्यमा लाग्न निर्देशन दिएका छन । उद्धारको नाममा जबरजस्त धेरै यात्रु राख्नुले गम्भीर लापरबाही गरिएको बताउदै मृतक परिवारलाई उचित क्षेतीपुर्ति, राहत, घाइतेहरुको निशुल्क उपचारको माग गरेका छन ।

भारतबाट फर्किदै गरेका मजदुरहरूलाई लिएर जादै कालिकोटको रास्कोट जादै गरेको टिप्पर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु, १२ जना घाइते र २ जना अझै बेपत्ता भएका छन ।

२०७७ जेठ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्