News Portal

उद्योगी, व्यवसायीलाई खुशिको खवर, कर तिर्ने अवधि बढ्यो

मोटिभेटन्यूज संवाददाता
१३६ पटक

काठमाडौं – उद्योगी व्यवसायीहरुलाई खुशीको खवर छ । अव कर तिर्नका लागि लकडाउन खुलेको ३० दिनसम्मको समयअवधि तोकिएको छ ।

सर्वोच्च अदालतले कर तिर्न भन्दै सरकारले करदातालाई दिएको म्यादको सूचना कार्यान्वयन नगर्न आदेश दिएपछि व्यवसायीमा खुशियाली छाएको हो ।

अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।

‘आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेसम्म कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी गरिएको सूचना लकडाउनको अवधिसम्म कार्यान्वयन नगरी पूर्ण रूपमा खुलेपश्चात बाटोको म्यादबाहेक ३०दिनभित्र बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ।

यसअघि सरकारले सुरूमा जेठ २५ सम्म कर तिरिसक्नु भनेको थियो। चौतर्फी विरोध भएपछि उक्त समयावधि सारेको थियो ।

कोरोना जस्तो संक्रामक रोग फैलिएका कारण भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जानै नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी आदेशको माग गर्दै अधिवक्ता अधिकारीले रिट दायर गरेकी थिइन्।

२०७७ जेठ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्