News Portal

लकडाउन पुरै खुकुलो, रेस्टुरेन्ट पनि खुल्ला

मोटिभेटन्यूज संवाददाता
१०० पटक

काठमाडौं – सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। तर सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।

निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ। मोटरसाइकलमा भने चालक मात्र हुनुपर्नेछ ।

उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ।

यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ।

यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।

२०७७ जेठ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्