News Portal

रामदेवको पतञ्जलीले बनायो कोरोनाविरुद्धको औषधि, एकहजार विरामी निको

मोटिभेटन्यूज संवाददाता
२०६ पटक

काठमाण्डौ – योग गुरु रामदेवको पतञ्जली आयुर्वेदले कोरोना भाइरसविरुद्धको औषधि बनाएको दाबी गरेको छ । आयुर्वेदिक औषधि र खाद्य वस्तुहरु उत्पादन गर्दै आएको भारतको सबैभन्दा ठूलो आयुर्वेदिक उद्योगले यस्तो दावि गरेको हो ।

पतञ्जली आयुर्वेदका सहसंस्थापक आचार्य बालकृष्णले आफ्नो कम्पनीले कोरोनाविरुद्धको औषधि बनाउने कार्यमा सफलता प्राप्त गरेको र यसको सेवनबाट हालसम्म करीब १ हजार कोरोना संक्रमित निको भइसकेका दाबी गरेका छन् ।

उनले भारतका विभिन्न क्षेत्रका कोरोना संक्रमितहरुलाई यो औषधि दिइएको र यसको सेवनपछि करीब ८० प्रतिशत संक्रमितहरु कोरोनाबाट मुक्त भएका बताएका हुन् ।

यसका साथै उनले चीनको वुुहानका साथै विश्वभर कोरोनाको कहर देखिन थालेपछि पतञ्जलीले यसविरुद्धको औषधि विकास गर्न लागिपरेको र त्यसको परिणाम अहिले देखिएको बताएका छन् ।

बालकृष्णका अनुसार पतञ्जलीले यो औषधिको सफल परीक्षण मात्रै नभई यसलाई पूर्ण रुपमा तयार समेत गरिसकेको छ ।

भारतीय मिडिया आजतकका अनुसार उनले यो औषधिलाई शास्त्र र वेदको अध्ययन पश्चात त्यसलाई विज्ञानको फर्मुलामा रुपान्तरण गरेर आयुर्वेदिक जडिवुटीको प्रयोगबाट तयार पारिएको दाबी गरेका छन् । यसको विकासका लागि पतञ्जलीका सयौं वैज्ञानिकहरुले योगदान दिएका उनको भनाई रहेको छ ।

२०७७ जेठ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्