News Portal

जोसमा होस गुमाउँदा प्रहरी अधिकृत रंगेहात पक्राउ

मोटिभेटन्यूज संवाददाता
१८१ पटक

विराटनगर – होटल मालिकसँग घुस माग्ने प्रहरी अधिकृत रंगेहात पक्राउ परेका छन् । लकडाउनमा होटल सञ्चालनमा कुनैपनि अवरोध नगर्ने सर्तमा पैसा लिदै गर्दा असई पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे चार हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०७७ जेठ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्