News Portal

सरकारको विरुद्धमा उर्लियो किर्तिपुरमा जनसागर

मोटिभेटन्यूज संवाददाता
२०५ पटक

काठमाडौं – काठमाडौंको किर्तिपुरमा सरकार विरोधी प्रदर्शन भएको छ । स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार, अनियममितता, जनतामा परिक्षणको दायरा बढाउनु पर्ने, आरडिटी परिक्षण गर्न रोक्नपर्ने माग गर्दै युवाहरुले पर्दशन गरेका हुन ।

किर्तिपुर बजारमा उर्जिएको जनसागरलाई देखेर उनीहरुको सुरक्षाको लागि काठमाडौंबाट थप प्रहरी परिचालन गरिएको थियो । आन्दोलन शान्तिपूर्ण भएकाले त्यहाँ कुनै अप्रिय घटना हुन पाएन ।

आन्दोलनमा किर्तिपुरका स्थानियबासीको स्वस्फुर्त सहभागिता रहेको आन्दोलनमा सहभागी पुरु बुढाथोकीले बताए । उनका अनुसार आन्दोलनमा एक हजार बढी स्थानियहरुको सहभागिता रहेको थियो । उनीहरु असक्षम सरकारको लक्षण पारदर्शीता र दुरदर्शीता, आरडिटि मखु, इनअफ इनअफ, कर उठाउन बन्द गर लेखिएका प्ले कार्डसहित सडकमा आएका थिए ।

स्वस्फूर्त गरिएको आन्दोलन भएकाले यसको नेतृत्व कसैले गरेको थिएन । सरकार दिन प्रतिदिन अलोकप्रिय बन्दै गएपछि केहीदिन देखि देशभर प्रदर्शन भइरहेको छ ।

२०७७ जेठ ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्