News Portal

सशस्त्र प्रहरीमाथि फेरी आक्रमण, एक भारतीयको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१४५ पटक

काठमाडौं – शसस्त्र प्रहरीमाथि भारतीयहरुले फेरी आक्रमण गरेका छन । नेपाल–भारत सीमानाका अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुले आक्रमण गरेका हुन ।

शसस्त्र प्रहरीको बन्दुक खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि शसस्त्र प्रहरी गोली चलाएको छ । उनीहरुलाई रोक्न प्रहरी १५ राउन्ड गोली चलाएको थियो । मोली लागि १ जना भारतीयको मृत्यु भएको छ ।

भारतीय नागरिकहरूले सीमा सुरक्षामा खटिएका प्रहरीको एसएलआर खोस्न खोजेपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षारार्थ खटिएको सशस्त्र प्रहरीले हुल बाँधेर आएका भारतीयलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । पर्सा–३ मा भएको उक्त घटनाको थप विवरण आउन बाँकी छ ।

२०७७ जेठ ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्