News Portal

युवाहरुलाई आन्दोलन स्थगित गर्न साझा पार्टीको आग्रह

मोटिभेटन्यूज संवाददाता
७२ पटक

काठमाडौं – साझा पार्टीले सरकार विरोधी आन्दोलन स्थगित गर्न युवाहरुलाई आग्रह गरेको छ । सरकारले सार्वजनिक रुपमा युवाका माग पुरा गर्ने प्रतिबद्धता जनाएको भन्दै केही समयका लागि आन्दोलन स्थगित गर्न साझाले आग्रह गरेको हो ।

पार्टीका सहप्रबक्ता शरदराज पाठकले शनिबार विहान एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीका जायज माग पुरा गर्न सरकारको सार्वजनिक प्रतिबद्धता जनाएको र कोरोनाको बढ्दो संक्रमणलाई ख्याल गर्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन । उनले जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न आग्रह गरेका छन ।

विगत एक हप्तादेखि सरकारले कोरोना भाइरस (कोभिड १९)सँग जुध्नका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरु स्वस्फूत रुपमा सडकमा उत्रिएका छन । उनीहरुले पिसिआर टेस्ट बढाउनु पर्ने, आरडिटी टेस्ट तत्काल रोक्नुपर्ने, आर्थिक अनियममितताको हिसाव किताव सार्वजनिक गर्नुपर्ने र क्वारेन्टाइनलाई ब्यबस्थित गर्नपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन ।

२०७७ जेठ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्