News Portal

पूर्वप्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
७८ पटक

एजेन्ससी – पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विपक्षी पाकिस्तान पिपुल्स पार्टीका नेतासमेत रहेका गिलानीमा कोरोना देखिएको पुष्टि उनका छोरा कासिम गिलानीले गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘इमरान खानको सरकार र राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) लाई धन्यवाद । तपाईहरुले मेरा बाबुको जीवन सफलतापूर्वक खतरामा पारिदिनु भएको छ । उहाँमा कोभिड–१९ देखिएको छ ।’

यसअघि कोरोनाको खतराका बाबजुद पूर्वप्रधानमन्त्रीलाई सम्पत्ति छानविनका क्रममा एनएबीमा उभ्याइएको थियो । त्यहींबाट गिलानीमा कोरोना सरेको आशंका गरिएको छ । एनएबीमा बयान दिनका लागि उपस्थित भएका मुख्य प्रतिपक्षी दल मुस्लिम लिग– नवाज (पिएमएल–एन) का प्रमुख सहवाज सरीफमा पनि यसअघि कोरोना देखिएको थियो ।

२०७७ जेठ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्