News Portal

कोरोना विरुद्धको खोप तयार, युरोपले किन्यो ४० करोड डोज

मोटिभेटन्यूज संवाददाता
१६३ पटक

एजेन्सी – अस्त्राजेनेका नाकको औषधि कम्पनीले कोरोना विरुद्धको खोप तयार पारेको जनाएको छ । यो सँगै उसले विश्वका विभिन्न देशहरुसँग सम्झौता गर्न थालेको छ ।

यो महिनाको अन्तिमसम्ममा कोरोना भाइरसको खोप जनताले प्रयोग गर्न पाउने घोषणासँग्र विश्वका विभिन्न देशहरुले सोपका लागि सम्झौता गरिरहेका छन । पहिलो चरणमा यूरोपका लागि मात्र ४० करोड डोज खोप बनाइने जनाइएको छ ।

कोरोना भाइरसको खोप बनाइरहेको कम्पनी अस्त्राजेनेकासँग उक्त खोप पाउनका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सको नेतृत्वमा रहेको यूरोपको इन्क्लूसिभ भ्याक्सिन एलायन्सले सम्झौता गरेको जनाएको छ ।

यस सम्झौताबमोजिम कम्पनीले खोप बनेलगत्तै ४० करोड डोज यूरोपका लागि दिने जर्मन सरकारले जनाएको हो । र यो खोप यूरोपेली संघका मुलुकलाई दिइने जनाइएको छ ।

औषधि निर्माता कम्पनीले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने उल्लेख गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले यदि सबै कुरा ठीक रहेमा यूरोपका करोडौं नागरिकले खोप पाउन सक्ने सुनिश्चित भएको बताए । ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ भने त्यसको लाइसेन्स ब्रिटिश कम्पनी अस्त्राजेनेसँग रहेको छ । यसै वर्षको अप्रिलमा सयौं मानिसमा यस खोपको परीक्षण गरिएको थियो ।

समाचार संस्था रोयटर्सले औषधि निर्माता कम्पनीलाई खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

२०७७ जेठ ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्