News Portal

क्वारेन्टाइन संक्रमण फैलाउने घर भए : पुर्वमन्त्री सोडारी

मोटिभेटन्यूज संवाददाता
३३५ पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्थानीयतहहरुले सञ्चालन गरेका क्वारेन्टाईन कोरोना संक्रमण फैलाउने घर भएको बताएका छन् ।

आइतबार प्रदेश सभामा विशेष समयमा बोल्दै सोडारीले मापदण्ड विना सञ्चालन भैरहेको क्वारेन्टाईनहरु बाट नै बढी संक्रमण बढेको भन्दै सकारको ध्यानाकर्षण गराएका हुन ।

व्यवस्थापन मापदण्डको विपरीत सञ्चालनमा रहेका क्वारेन्टाइनमा मानिसहरु एकै ठाउँमा हुलेर संक्रमण दर उच्च भएको बताए । सोडारीले भने ‘क्वारेन्टाईन एकै ठाउँमा जम्मा गरेर संक्रमण फैलाउने घर भएका छन । हाम्रा अस्पतालहरुको आइसोलेसन क्षमता बढाउनु पर्ने अवस्था छ । सरकार के गरीरहेको छ ।’

सोडारीले संघिय सरकार र प्रदेश सरकारले क्वारेन्टाईनको व्यवस्थापनमा गम्भिरतापूर्वक नलागेको भन्दै चिन्ता व्यक्त गरे । यस्तै सोडारीले प्रदेश सभाको सदस्य तथा मन्त्रीहरुको पारिश्रमीक संघिय सरकारको अनुसारनै बढेको भन्दै सकारात्मक दृष्ट्रिकोण राख्नु पर्ने बताए ।

प्रदेश सरकारका मन्त्री तथा सदस्यरुको विशीष्ठ श्रेणीका कर्मचारीको भन्दा तल भएको भन्दै सकारात्मक ढंगबाट बुझ्न आग्रह गरे ।

२०७७ जेठ ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्